समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज, कार्यक्रम तय गरिने प्रचण्डको भनाई

वेलकम खबर
असार १६, २०८०

काठमाडौं । चार दल मिलेर बनेको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मोर्चाको बैठक आज बस्न लागेको खुलासा गरेका हुन। पोखरामा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले यस्तो जानकारी दिएका हुन् ।

उनले मोर्चाको बैठक बसेर त्यसका कार्यक्रम तय गरिने जनाएका हुन् । अन्तरक्रियामा दाहालले भनेका थिए,‘उनले आफूहरुकै पहलमा समाजवादी मोर्चा घोषणा गरिएको पनि स्पष्ट पारे । उनले भने,‘आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ, समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।’

उनले पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको पनि जनाए । उनले थपे,‘यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ, सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*