कोशी प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ दिँदै, जसपाकी सांसद लिम्बू अनुपस्थित

वेलकम खबर
असार १५, २०८०

 

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावमा उठेका विषयमा जवाफ दिन सुरु गरेका छन् ।

बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले विश्वासको मत सम्बन्धि प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन् ।उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ । तर, निर्णायक मत रहेको जनता समाजवादी पार्टीकी सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित भएकी छिन् । कोशीमा जसपाकी लिम्बू एक्ली सांसद हुन्। गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन् । उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन् । स्रोतका अनुसार उनी विराटनगर बाहिर छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*