पहिचानको सम्बोधन नभएसम्म कोशीमा जसपाले सरकार बनाउन कसैलाई सहयोग नगर्ने

वेलकम खबर
असार १५, २०८०

विराटनगर । कोशी प्रदेशसभामा सरकार टिकाउन र बनाउन निर्णायक मत भएको जनता समाजवादी पार्टी (जसपा) ले प्रदेशको नाम पहिचानको आधारमा नभएसम्म कुनै दललाई सरकार बनाउन सहयोग नगर्ने भएको छ ।

निर्णायक मत रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको प्रदेशका पूर्वमन्त्री जयराम यादवले बताए । विभिन्न सञ्चारमाध्यममा अनेक समाचार आएपनि त्यसको पछि नलाग्न उनले सुझाव दिएका छन् ।

‘प्रदेश न १ को सवालमा एमाले, कांग्रेस, माओवादी र राप्रपा मिलेर बिवादित कोशी प्रदेश नाम राखेको हुनाले जब सम्म यिनीहरु पहिचानको आन्दोलनलाई सम्बोधन गर्दैनन् जसपा नेपाल पक्ष र विपक्षको मतदान प्रक्रियामा भाग नलिइ तटस्थ नै बस्ने निर्णय गरेको छ । बाकी अरु कुनै समाचारको भ्रममा नपरौ,’ यादवले भने ।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । यदि मुख्यमन्त्रीलाई अहिलेको अवस्थामा जसपाले मात्रै पनि भोट दिने हो भनेर सरकार ढल्दैन् । किनकी एमालेको पक्षमा राप्रपाका ६ सांसद गरी ४६ जना सांसद छन् ।

यदि यो सरकार ढल्ने अवस्था आए कोशीमा अर्को सरकार बन्न पनि त्यति सहज छैन् । प्रदेशमा कांग्रेसका २९, सभामुखसहित माओवादीका १३ र नेकपा एसका ४ सांसद गरी ४६ जना छन् । तर, सभामुखले मत विभाजनमा भाग लिन नपाउने र जसपाले पनि साथ नदिँदा विपक्षी गठबन्धनमा ४५ जना छन् ।

कोशीमा जसपाकी निमर्ला लिम्बू सांसद छिन् । गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन् ।

तर, उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन् । एमालेले भने जसपाले मत दिँदा सरकार जोगिने भएकाले फकाउने प्रयास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*