तथ्याङ्क लिन भन्दै मुख्यमन्त्री बाहिरिए, कोशीको प्रदेशसभा बैठक अनिश्चित

वेलकम खबर
असार १४, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथ्यांक लिन भन्दै प्रदेशसभाबाट बाहिरिएका छन् ।

आधा घन्टाको लागि स्थगित कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की बाहिरिएपछि बैठक अनिश्चित भएको छ ।मुख्यमन्त्री बाहिरिए पनि सदस्यहरु भने बैठक हुने आशमा प्रदेशसभा परिसरर्मै छन् । प्रदेशसभामा राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेसभाको बैठक अझै सुरु भएको छैन ।आफ्नो प्रस्तावमाथि छलफलमा सहभागी नेताको जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु प्रदेशसभाबाट बाहिरिएका हुन् ।मुख्यमन्त्रीले आधा घण्टाको समय मागेको कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए ।

‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौं । समय गुज्रिन लाग्यो । किन के उद्देश्यले जानु भएको भन्ने कुरा मलाई जानकारीमा छैन’, सभामुख गौतमले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*