एमालेलाई धम्की दिएर पहिचान पाईदैन : योगेश भट्टराई

वेलकम खबर
असार १४, २०८०

इलाम । नेकपा एमाले सचिव योगेश भट्टराईले एमालेलाई धम्की दिएर पहिचानका आधारमा नाम नपाइने बताउनु भएको छ ।  जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन ईलामले आयोजना गरेका अन्तर-सम्बाद कार्यक्रमको प्रमुख बक्ता रहुन भएको भट्टराईले पहिचान पाउनका लागि एमालेल पार्टीलाई फकाउनुपर्ने र सहकार्य गर्नुपर्ने बताउनुभएको हो । एमालेको कोशी प्रदेश सभामा ४० मत छ तर एमालेका विरुद्ध माओवादी पार्टी लागेको आरोप समेत भट्टराई लगाउनुभयो ।

उहाँले प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने योजना अनुसार एमालेमाथि प्रहार भएको आरोप लगाउदै एमाले कोशी प्रदेशको प्रमुख दल हो भएकवोले सहकार्य नगरी प्रदेशले पहिचानको नाम पाउन नसक्ने दाबी समेत गर्नुभयो ।

पहिचानका आधारमा नाम राखिनुपर्ने माग गर्दै आएका आन्दोलनकारीले इलाम चोक बजारमा कालो झण्डा देखाएपछि विरोध गरेका थिए । उहाँले नेपालमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको अझै महत्व बढेको दाबी गर्नुभयो । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम नेकपा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेत नेपाल कांग्रेस इलामका सचिव निरोज खड्गी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*