समाज रुपान्तरणको अभिभारा अझै पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

वेलकम खबर
असार १४, २०८०

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा अझै पूरा भइनसकेको बताउनुभएको छ। बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  समाज रुपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी नै रहेको बताउनुभयो ।

भण्डारीले जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको पनि  बताउनुभयो ।

राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भए पनि यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरु बाँकी नै रहेको उहाँले बताउनुभयो ।

‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ। जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन’, उहाँले भन्नुभयो, ‘केवल सुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावना बाँकी नै छन्। हामीले जनताबीच गएर ती सम्भावनाको खोजी गर्नुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*