एमाले सच्चिए विश्वासको मत मात्र होइन, पार्टी एकतानै गर्छौ : राजेन्द्र राई
विराटनगर। नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले एमाले सच्चिए आफूहरु वर्तमान सरकारलाई विश्वासको मत दिन तयार रहेको बताएका छन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै राईले एमालेले आफूहरुलाई नचाहिँदा वेवास्ता गर्ने र चाहिँदा मात्रै खोज्ने गरेको बताए ।
उनले भने, ‘एमालेले कमिकमजोरी सच्याएर जान खोजे समर्थन गर्न तयार छौँ । तर, सच्चिनु पर्यो हामी एमालेसँग पार्टी एकतानै गर्न तयार छौँ ।’ एमाले संविधानको खिलापमा पटकपटक उत्रिएका कारण र आफूहरु लक्षित गरी निरन्तर प्रहार गरिरहँदा विश्वासको मत दिन नसक्ने उनले बताए । एमालेकै कारण अहिले विश्वासको मत दिन नसक्ने उनले बताए ।



















