जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भाेट नहाल्ने
विराटनगर । जनता समाजबादी पार्टी (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिइने विश्वासको मतकाे पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने भएकाे छ । पार्टीकाे काेसी प्रदेश कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उसले मतदान प्रक्रियामै भाग नलिने निर्णय गरेकाे बताइएकाे छ । ९३ सदस्यीय प्रदेशसभामा जसपाकाे १ जना सांसद निर्मला लिम्बू छिन् ।
प्रदेश कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेकाे हाे ।पार्टीका कोसी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बैठक बसेकाे थियाे । बैठकले मत नदिने निर्णय गरी सोहीअनुरुप आफ्नो सांसद निर्मला लिम्बूलाई निर्देशन दिएको हो ।
पार्टीका राजनीकि सल्लाहकार तथा कोसी प्रदेशसभाका पूर्व सदस्य जयराम यादवले सत्तासीन एमाले र गठबन्धनका कांग्रेस तथा माओवादी कोसी नामांकनको विषयमा एकै ठाउँमा रहेकोले पक्ष र विपक्षमा मत नदिने निर्णय भएको जानकारी दिए ।कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज संसद(प्रदेशसभा)बाट विश्वासकाे मत लिने कार्यसूची छ ।




















