ताप्लेजुङमा खाद्यन्न र औषधिको तत्काल व्यवस्था होस् : योगेश भट्टराई (भिडियो सहित)

ताप्लेजुङ कनेक्टीभिटी विच्छेद भयो
वेलकम खबर
असार १३, २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय संकट उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना र संखुवासभामा २४ जना गरी ३६ जनाको मृत्यु भएको बताउनुभयो । त्यस क्षेत्रमा तत्काल उद्धारका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको र उहाँले सम्बन्धित निकायलाई निर्देशन दिएपनि ढिलाई भएको बताउनुभयो ।

उहाँले ताप्लेजुङ जाने ३ वटा पक्की पुल भत्काएकोले सडक सञ्जाल बिच्छेद भएकोले ठूलो मानवीय संकट उत्पन्न भएको बताउनुभयो । खाद्य संकट, औषधी लगायतका सामग्रीको संकट भएकोले सरकारको ध्यानाकषर्ण गराउनुभएको थियो । ती ठाउँमा हवाई माध्यमबाट भएपनि खाद्यवस्तु र औषधीको व्यवस्था गर्न आग्रह गरे । झन्डै १ दजर्न पुलमा क्षति पुगेकोले त्यसको मर्मत गराउनका लागि ध्यानाकर्षण गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु