ताप्लेजुङको आठराई त्रिवेणीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने (पूर्णपाठ सहित)

प्रत्येक माविले बर्षमा ५ हजार विरुवा रोप्नु पर्ने
वेलकम खबर
असार १०, २०८०

ताप्लेजुङ । स्वास्थ्यलाई दिउँ पहिलो स्थान,अनि हुन्छ रोगको निदान भन्ने नाराका ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभित्र गर्भवती महिलालाई सुत्केरी समयका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
पालिकाले कडा रोग लागेका बिपन्न परिवारलाई नागरिक सहयाता स्वरुप नगद २० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। दोस्रो गाउँसभा तथा तेस्रो अधिवेशनमा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले आगामी आर्थिक वर्ष२०८०।०८१ को नीति तथा कार्यक्रम सो कुरा प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाले पालिका भरीका प्रत्येक माध्यमिक सामुदायिक विद्यालयहरुको निगारानी अब पालिकामार्फत गरिने भएको छ। त्यसका लागि गाउँपालिकाले प्रत्येक माध्यमिक सामुदायिक विद्यालयहरुमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

गाउँपालिकाले माध्यमिक तह सञ्चालन भएको विद्यालयका १२ कक्षा सम्म अंग्रेजी माध्यम सुरु गरी कक्षा ५ सम्म अनिवार्य अंग्रेजी पढाई गर्ने प्रवन्धको नीति लिएको छ। पालिका भित्रका उच्च शिक्षा अध्ययन गर्न चाहने गरिव,जेहेन्दार बिद्यार्थीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ।

पालिकाले प्रत्येक वडामा ५ सय जना क्षमताको सामुदायिक भवन निर्माण गर्ने नीति लिएको छ। गाउँपालिकाले पालिकाको केन्द्र र सबै वडा पालिकाहरुको केन्द्र सम्म बाह्रै महिना सवारी यातायात सञ्चालनको प्रवन्ध गर्ने भएको छ। त्यसका लागि अहिलेसम्म वडापालिका र पालिकाको केन्द्र सम्म पुग्ने कच्ची सडकलाई स्तरोन्नती गर्ने गाउँपालिकाको नीति रहेको छ।

पालिकाले पानीको उपलब्धतालाई ध्यानमा राखेर जलाधार तथा मुहान संरक्षण कार्यक्रम अघि बढाउने भएको छ। खेल खेलौं,स्वस्थ्य बनौं भन्ने नारालाई गाउँपालिकाले प्राथमिकता दिएको छ। त्यसका लागि गाउँपालिकाले स्थानीय क्लव तथा बिद्यालयहरुलाई खेलकुदका बिधागत गतिविधिलाई प्रोत्साहित गर्ने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*