ताप्लेजुङमा पहिरोमा बेपत्ता तीन जनालाई नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

वेलकम खबर
असार ९, २०८०

ताप्लेजुङ । गएको शनिबार राति पहिरोमा परेर बेपत्ता भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका  ६ मेहेले भालुखोपका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् ।

बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहान (७ दिन) सम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । नेकपा माओवादीका ताप्लेजुङ जिल्ला ईन्चार्ज पराग क्षेत्रीले हिन्दु धार्मिक संस्कार अनुसार अन्तेष्ठी गरी काजक्रिया शुरु गरियो।सातौं दिन सम्म पनि नभेटेपछि बाढी पहिरोले बगाएर काबेली खोलामा बगाएको बिश्वासमा सामाजिक हिसाबले उक्त कार्य गरिएको जानकारी दिनुभयो । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए ।

पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*