ताप्लेजुङको मेरिङदेनले ल्यायो ४४ करोड रुपैयाँ बढीको बजेट

वेलकम खबर
असार ९, २०८०

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ ।

मेरिङदेनले आर्थिक बर्ष २०८०।८१ का लागि नीति तथा कार्यक्रम पारित भएसंगै शनिवार बजेट तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष युकहाङवीर९डम्बर०हाङ्गामको उपस्थितिमा पालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङ्वाङले गाउँसभाको १३ औं अधिबेशनमा आगामी आवका लागि ४४ करोड ५ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको छ ।

गाउँपालिकाले चालूतर्फ २९ करोड ४६ लाख ७३ हजार र पुँजीगततर्फ १४ करोड ५९ लाख १० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले चालूतर्फ संघीय सर्शत शीर्षकमा १७ करोड ५९ लाख खर्च हुने अनुमान गरेको छ । यस्तै पूर्वाधार विकासतर्फ ११ करोड ८७ लाख ७३ हजार,गाउँपालिका चालू शीर्षकमा ८ करोड ४६ लाख १० हजार,संघीय सर्शत पुँजीगतमा ३ करोड ४० लाख र प्रदेश समपुरकमा १ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यस्तै आर्थिक विकासतर्फ ४५ लाख,सामाजिक विकासतर्फ ६९ लाख,वातावरण तथा बिपद् व्यवस्थापनतर्फ २० लाख र प्रदेश सर्शत चालूतर्फ ३९ लाख रुपैयाँ खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ ।

खर्चको स्रोत व्यहोर्ने आधारहरु प्रस्तुत गर्दै गाउँपालिकाले सर्शत चालू अनुदान १७ करोड ९८ लाख,नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको ९ करोड ९७ लाख,राजश्व बाँडफाँडको ७ करोड ५० लाख ४४ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ । यस्तै सर्शत पुँजीगतको ३ करोड ४० लाख,समपुरकतर्फ २ करोड ३० लाख,बैंक मौज्दात १ करोड ५० लाख र प्रदेश समानीकरणको ६२ लाख ४ हजार रुपैयाँ आम्दानी हुने पालिकाको अनुमान रहेको छ ।

यस्तै प्रदेश राजश्व बाँडफाँडतर्फ २८ लाख ३५ हजार आय अनुमान हुँदा गाउँपालिकाले ५० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । चालू आवका लागि आन्तरिक आय ३४ लाख रुपैयाँ हुने अनुमान गरेको गाउँपालिकाले आन्तरिक आयमा लक्ष्य भन्दा बढी रकम असुली भई चालू आवमा ४० लाख रुपैयाँ पुग्ने अनुमान गर्दै उसले आगामी आवका लागि आन्तरिक आयको अनुमान हिस्सा समेत बढाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*