ओली कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी काँग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल

वेलकम खबर
असार ८, २०८०

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट प्रधानमन्त्री ढाल्न एमालेले खेल खेलिरहेको आरोप लगाएका छन्।

पार्टी सम्पर्क विभागले आयोजना गरेको कार्यक्रममा गणतन्त्र उल्ट्याउने खेलमा एमालेले अनेक तिकडम गरिरहेको आरोप लगाएका हुन्। उनले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादहरुसँग घाटी जोड्न एमाले लालयित भएको उल्लेख गरे

कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाए।

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरुले गर्दा केपी ओली बर्बराइरहेको आरोप लगाए। समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र नेकपा एसको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गरे।

त्यस्तै कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन्। नेता खनालले पार्टी बनाउने हो भने श्रमिक जनतासग एकताबद्ध हुन जरुरी रहेको धन्दै अध्यक्ष नेपाललाई सचेत गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*