सराेकार केन्द्रले बनायाे ताप्लेजुङ बाढी पीडित राहत सहयाेग समिति

काठमाडौं । गत शनिवार देखि अविरल वर्षाका कारण आएको बाढीपहिरोले ताप्लेजुङमा धेरै जनधनको क्षतिभएको सन्दर्भमा आज ताप्लेजुङ सरोकार केन्द्रको आयोजनामा सरोकार केन्द्रका सल्लाहकारहरु, प्रतिनिधिसभा तथा प्रदेशसभाका माननीय सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका काठमाडौंमा उपलब्ध नेताहरु, सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवाहरु र सरोकार केन्द्र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको भेला सरोकार केन्द्रको कार्यालय, बागबजारमा सम्पन्न गरेकाे छ ।
ताप्लेजुङको सिदिङमा, सिरिजंगा, मैवाखोला, मिरिङदेन र आठराईत्रिवेणी गाउँपालिकालगायतका क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिमा पीडितहरुलाई राहत तथा सहयोगको लागि आजकाे भेलाबाट सरोकार केन्द्रका उपमहासचिव मिङ्माडण्डु लामाको संयोजकत्वमा ३५ सदस्यीय ताप्लेजुङ बाढीपीडित राहत तथा सहयोग समिति–२०८० गठन गरेको छ ।
केन्द्रकाे भेलामा सहभागी सवैबाट बाढीपहिरोले पुर्याएको क्षति, वर्तमान अवस्था, उद्धार तथा राहतमा भए गरेका कार्यहरु, कमीकमजोरीहरु, हुनुपर्ने कामहरु, अल्पकालीन तथा दीर्घकालीन योजना तथा त्यसमा सरोकार केन्द्रको भूमिकाको बारेमा सुझावहरु दिएकाे जुन कुरा सरोकार केन्द्रका लागि मननीय र ग्रहणीय रहेकाे साथै ताप्लेजुङ सरोकार केन्द्रले बाढीपीडितहरुको राहत तथा सहयोगको लागि अगाडि सारेको कार्यक्रममा आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने वचन पनि दिएकाे कुरा सराेकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले वताउनु भयाे ।
बाढीपहिरोबाट आज सम्म ३ जनाले ज्यानगुमाएको छ । ३ जना बेपत्ता अवस्थामा छन्, धेरै घाइते अवस्थामा छन्, धेरै ठूलो जनसंख्या बाढीपहिरोको कारण घर छाडेर अस्थायी आश्रय स्थलमा वसेकाछन । बाढी पहिराे पीडितहरुकाे घर मात्रै होइन धनसम्पत्ति समेत गुमाएर दयनीय अवस्थामा रहेकाछन् । यो विपत्तिमा सराेकार वाला संघ संस्थाको मानवीय सहयोगले पीडितहरुको घाउमा मल्हम लगाउने काम गर्ने छ साथै यस प्रकारकाे प्राकृतिक प्रकाेपकाे राेकथामका तत्कालिन र दिर्घकालिन याेजनाहरु ३ वटै तहका सरकारले गर्नु पर्ने कुरा सराेकार केन्द्रका महासचिव सन्ताेष मादेनले वताउनु भयाे ।
ताप्लेजुङ सराेकार केन्द्रले विगतका दैवीप्रकोपमा परेकाहरुलाई काठमाडौंमा सहयाेग समिति गठन गरेर सहयाेग गर्दै आएकाे र यसपालि पनि ताप्लेजुङ पुन दैवीप्रकोपकाे मारमा छ सवैजना बाढीपीडितहरुको राहत र सहयोगको पुन्य कार्यमा सामेल भइ फेरिपनि सहयोग गर्न संयाेजक मिङमाडण्डु लामाले यसै वेलकम खवर मार्फत अनुराेध गर्नुभयाे ।