मुद्दा फिर्ता लिने निर्णय पुनर्विचार गर्न कानूनमन्त्री गुरुङलाई एमाले सचिव योगेश भट्टराईको आग्रह

वेलकम खबर
असार ६, २०८०

काठमाडौँ। नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले मुलुकका ठुला भनिएका कांग्रेस एमाले लगायतका दलहरुले गर्ने निर्णयले देश कता जाँदैछ भनेर आम मानिसले प्रश्न गर्ने बेला आएको बताए ।

भट्टराईले भने, ‘हाम्रो एकजना साथी म भन्दा सिनियर, विद्यार्थी नेता पनि हुनुहुन्थ्यो । म उहाँलाई धेरै पहिलेदेखि चिन्थे । उहाँका भाषण पनि हामी सुनिरहेका छौ । उहाँ मन्त्री हुनुभयो अस्ति भर्खरै, त्यसमा पनि कानुनमन्त्री हुनुभयो । त्यसपछि यो देशको कानुन सुधारिन्छ होला, ठिक मान्छे ठिक ठाउँमा आउनुभयो भन्ने लाग्यो’, भट्टराईले भने ‘तर म असाध्यै दुखी भएँ ती अपराधीको मुद्दा फिर्ता लिने कागजमा उहाँले नै सही गर्नुभयो ।’

उनले चलाउनेको मुद्दा फिर्ता गर्ने निर्णय सच्चाउन माग गर्दै उनले भने,‘आज पनि मन्त्रीजीलाई भन्न चाहान्छु यो कृपया निर्णय फिर्ता लिनुस् र पुराना मान्यतामा रहनुस् । ठुला राजनीतक दलहरुले यस्तो वेथिति र दण्डहिनताको पक्षमा लाग्ने हो भने यो देश, व्यवस्था र संविधान र जनताको विश्वासमा खेलबाड गर्छौ भने यो देश गलत दिशामा जानेछ ।’

भट्टराईले सदाचार र भ्रष्टाचारविरुद्धको भाषण गरिरहने उनै कानुन मन्त्रीको हातबाट चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिएकोमा आश्चर्य लागेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*