ताप्लेजुङमा चिर्पट प्रहार गर्दा श्रीमतीको ठहरै

वेलकम खबर
असार ६, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या भएको छ। सिरिजंघ गाउँपालिका-३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले चिर्पटले प्रहार गरेर श्रीमतिको हत्या गरेका हुन्।

मादक पदार्थको सेवन गरेका राईले ३१ वर्षीय श्रीमति निशा राईलाई चिर्पट प्रहार गरेका थिए। निशाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी काँडे भञ्ज्याङबाट प्रहरीको टोली पुगेको छ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरि मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइने छ। चिर्पट प्रहार गर्ने लक्ष्मण राई प्रहरीको नियन्त्रणमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*