उद्धार गर्न गएको हेलिकोप्टर आज पाँचथरको पिनासे घाटमै, घाईते खतरामुक्त

वेलकम खबर
असार ४, २०८०

ताप्लेजुङ ।मौसम खराबको कारण विरामी लिन गएको हेलिकोप्टर आज पाँचथरको हिलिहाङ २ पिनासे घाटमै बसेको छ । सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा पुरिएर घाइते भएका राजकुमार राईलाई उपचारको लागि विराटनगर लादै  गरेको नेपाली सेनोको हेलिकोप्टर मौसम प्रतिकुलताको कारण पिनासे घाटमै आकस्मिक अवतरण गरेको थियो ।
लामो समय कुर्दा पनि मौसमका कुनै सुधार नआएपनि विरामी सहित हेलिकोप्टर पिनासे घाटमै रहेको हो ।काबेली हाइड्रोको नेपाली सेनाको पोस्ट छेउमा बसेको छ । घाईते राईको उपचारको लागि गोपेटार स्वास्थ चौकी बाट अक्सिजन लगायत स्वास्थ सामग्री र अमरपुर स्वास्थ चौकी बाट डाक्टर झिकाइ प्राथमिक उपचार भएको र हाल विरामी खतरा मुक्त रहेको भोलि  (मंगलवार)  मौसम खुल्ने बित्तिकै बिराटनगर ल्याएर उपचार गरिने सिंचाई खानेपानी उर्जा तथा स्वास्थ्य मन्त्रीका प्रेस संयोजक हेमराज निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु