घाईते बोकेको हेलिकोप्टर पाँचथरको पिनासे आकस्मिक अवतरण
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा पुरिएर घाइते भएका एकजनाको हेलिकोप्टरबाट उद्धार गर्न गएको हेलिकोप्टर खराब मौसम कारण पाँचथरमै रोकिएको छ ।
उपचारको लागि निलगिरी मावि मेहेलबाट हेलिकोप्टरमा राखी विराटनगर ल्याउदै गर्दा खराब मौसमको कारण पाँचथरको हिलिहाङ २ पिनासे घाटमा आकस्मिक अवतरण
गरिएको हो । ताप्लेजुङको मेहेले बाट राजकुमार राईको उद्दार गरि बिराटनगर तर्फ प्रस्थान गरेको हेलिकप्टरपिनासे घाटमा मौसम अनुकुलता पर्खि रहेको बुझिएको छ ।घाईते लिन विराटनगरबाट हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा गएको थियो ।
अहिलेसम्म जिल्लाको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा एकै परिवारका बाबुछोरा केसर र उनका छोरा सुरेशकुमार राई तथा गणेश तामाङको पनि मृत्यु भएको छ। अझै तीनजना भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री बेपत्ता छन्



















