पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता विना निष्कर्ष टुङ्गियो
विराटनगर । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । सोमबार विराटनगरको विग होटलमा भएको पाँच घण्टा लामो छलफल विना निष्कर्ष टुङ्गिएको हो ।
सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले वार्ता सोहार्दपूर्ण रहेको बताए । विषय बस्तुमा प्रवेश गरेको बताउँदै उनले वार्ता पुन बस्ने सहमति बताए ।
पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएको बताए । उनले फेरि वार्ता गर्ने सहमति भएको बताए । कोशी प्रदेश सरकारले फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छ । आन्दोलनरत पक्षसँग सरकारले आज पहिलो पटक वार्ता गरेको हो ।




















