पहिरो पीडितहरुलाई राहत तथा पूर्नस्थापनको लागि प्रधानमन्त्रीलाई भेट्दै ताप्लेजुङेहरु
ताप्लेजुङ । ताप्लेजुङमा केही दिन देखिको लगातार बर्षा सगै आएको बाढी र पहिरो पुरयाएको मानवीय तथा अन्य क्षति तथा तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्ने भएको छ ।
काठमाडौमा उपलब्ध प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यले सदस्य लगायत ताप्लेजुङबासी अगुवाहरुको आज भएको भेलाले सो निर्णय गरेको हो ।
भेलाले जिल्लाको सम्पूर्ण क्षतिको विवरण संकलन गर्न जिल्ला समन्वय प्रमुख छिरिङ लामालाई तोकिएको छ । बर्षाका कारण क्षति भएको मानवीय तथा भौतिक तथा तत्काल पीडितहरुलाई बसोवासको ब्यवस्था मानविय क्षति पुगेका परिवारलाई क्षतिपूर्ति पीडितहरुका लागि बसोवास तथा खानपिन लागि अविलम्ब ब्यवस्था गर्न सम्पूर्ण विवरण लिएर नेपाल सरकारका प्रधानमन्त्री कार्यालयमा जाने निर्णय गरेको छ । त्यस्तै क्षतिको अवलोकन पीडितलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई हेलिकोप्टर उपलब्ध अनुरोध गदै प्रनिनिधिसभा सदस्य,प्रदेशसभा सदस्य र तथा जिससका प्रनिनिधि बाढी प्रभावित क्षेत्रमा जाने निर्णय गरेको हो ।
बैठकमा प्रनिनिधिसभा सदस्यहरु योगेश भट्टराई,लिला बोखिम,उर्मिला थेबे,प्रदेश सभा सदस्य खगेनसिह हाङगाम,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा लगायतको उपस्थिति रहेको थियो ।





















