मेची राजमार्ग र तमोर करिडोर तत्काल खुलाईने
ताप्लेजुङ । बाढी पहिरोले अवरुद्ध भएको मेची राजमार्ग र तमोर करिडोर तत्काल खुलाउने भएको छ ।ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय आईतवार जिल्ला विपद ब्यवस्थापन समिति बैठकले तमोर करिडोर र मेची राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले ताप्लेजुङमा भएको बाढी पहिरोको क्षतिको विवरण लिई प्रदेश तथा केन्द्र सरकारमा पठाउने र राहत र उद्धारको लागि जुटेन निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जाङको अध्यक्षतमा बसेको बैठकले मेहेलेमा वडा कार्यालयमा स्वास्थ चौकी पुनः स्थापना गर्ने, दोभानको बाटो एक हप्ता भित्र सुचारु गर्ने र थप मानवीय क्षती हुन नदिन स्थानीय सरकार रेडक्रस लगाएत तदारु रहने र राहत वितरणमा सकृय हुने लगायतको निर्णय गरेको हो ।



















