हाजिरी जवाफ प्रतियोगितमा फुङलिङ भयो प्रथम,बक्तृत्वकला प्रतियोगितामा सिरिजङ्गाको बर्चश्व

उत्कृष्ट जिपिए ल्याउने सम्मानित
वेलकम खबर
असार १, २०८०

ताप्लेजुङ । अन्तरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितमा फुङलिङ नगरपालिका प्रथम भएको छ । सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितमा फुङलिङ नगरपालिकाको टोली प्रथम भएको हो ।

त्यस्तै द्धितीय सिरिजङ्गा गाउँपालिका र तृतीय मेरिङदेन गाउँपालिका बनेको आयोजकले जनाएको छ । विजेताहरुलाई १५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र दोस्रो द्धितीय हुने सिरिजङ्गा गाउँपालिकाको टिमले नगद १० हजार र तेस्रो हुने मेरिङदेन गाउँपालिकाको टोलीले नगद ५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
त्यस्तै बक्तृत्वकला प्रतियोगितामा प्रथम द्धितीय र तृतीय आयोजक नै भएको हो । ६ स्थानीय तहका २४ बिद्यालयका बिद्यार्थी सहभागी अन्तरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामासिरिजङ्गा गणेश मावि खेवाङ्की सुप्रिया दाहाल प्रथम,सिरिजङ्गा सिनामकी प्रतिमा लिम्बू द्धितीय हुँदा सोहि गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माविकी सृष्टी राई तृतीय भएको छन भने फक्ताङ्लुङ गाउँपालिका ईखाबुस्थित सेवालुङ माविका तेजहाङ लाबुङ लिम्बू सान्त्वना भएको हुन ।

विजेताहरुले प्रथम हुनेले २५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे भने द्धितीय हुने प्रतिमाले नगद १५ हजार रुपैयाँ,तृतीय हुने सृष्टीले नगद १० हजार र सान्त्वना हुने तेजहाङले ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिका उपाध्यक्ष डाक्टर चित्र मावोले बताएका छन । गाउँपालिकाले २०७८ सालको एसईई तथा कक्षा ८ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्राछात्रालाई सम्मान समेत गरेको छ ।

गाउँपालिकाले २०७८ सालको एसईई तथा कक्षा ८ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्राछात्रालाई सम्मान समेत गरेको छ । गाउँपालिकाका अनुसार पालिका भरीका सामुदायिक बिद्यालयहरुभित्रबाट एसईई परीक्षामा उत्कृष्ट जिपीए ल्याउने सिनाम माविका अनुष पोखरेल(३.७५जिपीए) र सोहि माविका उषा भट्टराई(३.४० जिपीए)लाई जनही एक–एक थान ल्यापटप सहित सम्मान गरिएको छ । यस्तै आधारभूत तह(कक्षा ८)तर्फ आम्बेगुदिनस्थित रजा माविका रिशन बस्नेत(३.५१जिपीए)लाई नगद १५ हजार रुपैयाँ र सिनामस्थित सिनाम माविकी झरना विश्वकर्मा(३.३८ जिपीए)लाई नगद १२ हजार रुपैयाँ सहित सम्मान गरिएको उपाध्यक्ष  मावोले बताएका छन ।

उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्र मावो,शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,पाथीभरा याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौला लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*