दाङ पुगेर प्रचण्डले भने, अब नयाँ नेकपा बनाउछौँ

वेलकम खबर
जेष्ठ ३१, २०८०

काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्ने गरी पहलकदमी लिइएको बताएका हुन्।
‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।’ प्रचण्डले भने । ‘हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन,’ प्रचण्डले भने, ‘फेरि एकताका लागि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ।

एमालेको वर्तमान नेतृत्व एकताको लागि बाधक भएकाले नेतृत्व परिवर्तन भएमा एमाले पनि नयाँ कम्युनिष्ट एकतामा आउने प्रचण्डले विस्वास गरे ।

उनले फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने बताउँदै यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी रहेको र देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउन आवश्यक रहेको उनको भनाइ थियो।


‘प्रशिक्षणमा नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*