देउवाले थपे महिला संघमा ५२ सदस्य [नामावलीसहित]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रैसको भ्रातृ संस्था नेपाल महिला संघमा ५२ सदस्य थपेका छन् । देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जना सदस्यलाई मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार थपिने सदस्यहरुमा डा अमिता प्रधान, अमृता थापा मगर, उमा शिवाकोटी, उर्मिला प्रधान, एलिजा अधिकारी, कमला तिवारी, कल्पना नेपाली, किरण सरकार, गीताकुमारी गुरुङ, गीता श्रेष्ठ, चन्द्रादेवी जोशी र चिनु पोखरेल रहेका छन् ।
यस्तै छाया सुनार, छिरिङ फुटिक शेर्पा, ज्वाला पाण्डे, तारा थपलिया, दिपशिखा शर्मा ढकाल, निनु कर्ण, नवोदिता चौधरी, पवित्रा पौडेल ढकाल, पार्वती आचार्य, पार्वती चन्द, पुष्पा थारु, प्रमिला महतो, भगवती केसी, भागिरथा अधिकारी, भावना शाही, भारती जोशी, मथुरा विष्ट र मञ्जु नेपाल मनोनित भएका छन् ।
सवै हेर्न यहाँक्लिक गर्नुहोस congress mahila sangh 52 members 2080.02.30



















