आठराई त्रिबेणीले दियो प्रहरीलाई मोटरसाईकल
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शान्ति सुरक्षामा सहजतका लागि प्रहरीलाई एक थान मोटर साईकल हस्तान्तरण गरेको छ ।
आठराई त्रिवेणी गाँउपालिकाले आज एक कार्यक्रम गरी वडा २ मा रहेको प्रहरी चौकी फुलवारीलाई एक थान मोटर साईकल हस्तान्तरण गरेको हो । पालिका अध्यक्ष पोमूले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूलाई मोटरसाईकलको साँचो हस्तान्तरण गर्नु भएको छ । आठराई त्रिवेणी भित्र भित्र प्रहरीको गस्ती अभियान तथा सुरक्षा सेवा छिटो छरितो बनाउनेका लागि मोटरसाईकल हस्तान्तरण गरेको पालिका अध्यक्ष दिपेन पोमुले बताउनुभयो ।

पालिकाले २०७४ साल पछिको आठराई त्रीवेणी गाउँपालिका भित्र स्थानिय तह लाई निशुल्क जग्गा प्रदान गरी दाता बन्नु हुने सम्पुर्ण जग्गा दाताहरुलाई प्रशंसा गर्दै सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शान्ता आङबुहाङले जानकारी दिनुभयो




















