मैवाखोला गाउँपालिकाले आज नीति कार्यक्रम प्रस्तुत गदै

वेलकम खबर
जेष्ठ २८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ । संघ र प्रदेश सरकारको जस्तै बजेट अघि नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।
‘संघ र प्रदेशको जस्तै नीति तथा कार्यक्रम पारित भएपछि मात्रै बजेट ल्याउने तयारी गरेका छौँ’ अध्यक्ष वनेमले भने, ‘गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेपछि मात्र बजेट ल्याइने छ ।’
मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट भने असार ९ गते ल्याउने तयारी गरेको छ । आज ल्याइने नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । नीति, कार्यक्रम ल्याउनुअघि पालिकाले राजनीतिक दल, बुद्धिजीवी, सरोकारवालालगायतसँग परामर्श गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*