प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा : ओली

वेलकम खबर
जेष्ठ २२, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे ।

‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’

प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए ।प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको ओलीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*