नागरिकताको विषयमा प्रतिपक्षी दलको संसदमा अवरोध, एक हप्ताभित्र नयाँ बिधेयक ल्याउन एमालेको माग

वेलकम खबर
जेष्ठ २१, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी निष्क्रिय विधेष्यक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् । आइतबार बसेको बैठकको सुरुवातमै एमाले रास्ववा, राप्रपाले उठेर बैटक अवरुद्ध गरेका हुन् ।

बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संविधान पालना नगर्नेगरी संविधानलाई मिचेर अघि बढ्ने, राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्ने काम सरकारको तर्फबाट भइरहेको बताउँदै राष्ट्रपतिले प्रमाणिकरण गरेको निष्क्रिय बिधेयक रद्ध गर्न माग गरे । उनले एक साताभित्र नयाँ बियधेक संसदमा दर्ता गरेर संवैधानिक बाटोबाट पारित गर्न माग गरे ।
उनले भने– ‘नेपालमा जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानले वंशजको आधारमा नागरिकता लिन पाएका छैनन्, उनीहरुलाई छिटो भन्दा छिटो नागरिकता दिनु हाम्रो दायित्व हो, त्यसलाई हामीले गंभीरतापूर्वक लिएका छौँ । संवैधानिक प्रक्रिया अनुसार संसदमा नयाँ नागरिकता विधेयक दर्ता होस, एक हप्ताभित्र दिन रात छलफल गरेर एक हप्ताभित्र नयाँ बिधेयक पारित गराएर अगाडि बढाउन भनिरहेका छौँ ।’सरकारले सुल्टो बाटो नहिँडि उल्टो बाटो हिँडेको भन्दै उनले जेठ १२ गते मन्त्रीपरिषदले निर्णय गरेर राष्ट्रपतिलाई पत्र लेखेर पठाएको र राष्ट्रपतिले पुरानो फाइल खोजेर किर्ते गरी असंवैधानिक काम गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*