नयाँ ऐनअनुसार नागरिकता वितरण, ७७ वटै जिल्लामा परिपत्र

वेलकम खबर
जेष्ठ २०, २०८०

काठमाडौं । सरकारले नयाँ नागरिकता ऐन जारी गरेर राजपत्रमा सूचना प्रकाशित गरेलगत्तै नागरिकता वितरण गर्ने भएको छ । नागरिकता ऐन र नियमावली अनुसारनै आइतबारबाट सबै जिल्ला प्रशासनबाट नागरिकता जारी हुने गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान नागरिकता ऐन (पहिलो संशोधन–२०७९) जारी भएपछि गृह मन्त्रालयले अघिल्लो चालु नियमावली अनुसार नै नागरिकता वितरण हुने भएको हो । ‘आइतबारबाट नै सबै जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण हुनेछ’, मन्त्रालयका प्रवक्ता सहसचिव जितन्द्र बस्न्यातले भने ।

उनका अनुसार गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*