मिक्वाखोलाद्धारा बजेटका लागि सुझाव माग
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले आर्र्थीक बर्ष २०८०।०८१मा पालिकाको वजेट निर्माणको पुर्व तयारीका लागि सुझाव संकलन सुरु गरेको छ । पालिकाका सबै वडाका टोलहरुमा पुगेर सुझाव संकलन गरिने पालिका उपप्रमुख तथा वजेट तर्जुमा संयोजक डण्डु लामाले वताउनुभयो । बुधवारवाट सुरु भएको जनताको सुझाब संकलनको कार्य जेठ महिना भरिमा गरि सकिने एमआईएस अपरेटर मिङ्मा शेर्पाले वताउनुभयो । सुझाव संकलन कार्यक्रममा वजेट तर्जुमा संयोजक लामा सँगै संवन्धित वडाका जनप्रतिनिधि र कर्मचारीहरु सहभागी रहेकाछन ।
पालिकाको गतिविधी तथा सेवा प्रवाह । विकास निमार्ण तथा सुझाब , सल्लाहका लागि आफुहरुले सकेसम्म जनताको घर घर गएरै सुझाव संकलन गर्न खोजेको तर समय अभावले नसकिए पनि कुनै पनि टोलमा नछुटाई जाने उपाध्यक्ष लामाको भनाई छ ।
‘हामी पनि राज्यका एक निकाय हौं ,पालिकाको वजेटको विषयमा प्रत्यक्ष जनतालाई भेटेरै सुझाव संकलन गर्नु हाम्रो दाईत्व हो भन्ने लागेर नया कामको थालनी गरेका हौं । यसले स्थानीय तहका काम कारवाहीमा जनताको पहुँचलाई पनि जोड दिने हाम्रो विश्वास छ । अझ हामी जनताको घर—घरमै पुगेर सुझाव लिन खोजेका थियौं समय अभावले त्यो सम्भव भएन, तर टोलहरुमा भए पनि सबैको सुझाव ग्रहण गर्ने गरि कार्यक्रमलाई प्रभावकारी बनाउछौं र नागरिकको सुझाव अनुसार नै वजेटको तयारी गछौं ,लामाले भन्नुभयो । ताप्लेजुङमा पहिलो अभ्यास भएकाले यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने उपप्रमुखको भनाइ रहेकोछ ।



















