तापक्रम ४३ डिग्री पुग्दा तातो हावासहित ‘लू’ चल्न सुरु, केही दिन पानी नपर्ने र तापक्रम अझै बढ्ने

वेलकम खबर
जेष्ठ २०, २०८०

काठमाडौँ  । गर्मी बढेर तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ ।
तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ । पूर्वानुमान महाशाखामो अनुसार तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । जस्का कारण अझै तापक्रम बढ्दै जानछ ।

त्यस्तै नवलपरासीको दुम्कौलीमा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । भैरहवा, सिमरा, जनकपुर र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । भैरहवा र सिमरामा ४० दशमलव ५ तथा जनकपुरमा ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*