स्वास्थ्यको बजेटमा एमालेको प्रश्न : लोकप्रिय कार्यक्रमलाई किन छुटाइयो ?
काठमाडौं । नेकपा एमालेले सरकारले गत सोमबार प्रस्तुत गरेको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै बजेटले स्वास्थ्य क्षेत्रलाई निराशामा पारेको भन्दै १७ बुँदामा बजेटमाथि टिप्पणी समेत गरेका छन् ।सरकारले यसपटक स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ४।८ प्रतिशत छुट्याएको र यो पछिल्लो ६ वर्षयताकै कमजोर रकम भएको एमालेको टिप्पणी छ ।
विश्व स्वास्थ्य संगठनको सुझाव समेत कम्तीमा कुल बजेटको १० प्रतिशत हुनु रहेको भन्दै बजेट झन् झन् घट्नुले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ ।























