प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरू

वेलकम खबर
जेष्ठ १८, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। बिहीबार बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो।

उनीहरुबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै मध्याह्न १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ।

भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने कार्यतालिका छ ।भारतीय प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि बिहीबार बिहान प्रचण्डले गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गरेका थिए । उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारणसमेत गरे।

प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्। उनी शुक्रबार ४ : ३५ बजे राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि उनी ८ : ३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*