ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल एकीकरण अन्यौलमा
काठमाडौँ । ताप्लेजुङको सुख दुखमा साथ दिने उद्देश्यले खोलिएको दुई संस्था एकीकरण गर्ने कार्य अन्यौलमा पुगेको छ । जिल्लाको विकासका लागि भन्दै बनेका ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल एकीकरण कार्य अन्यौलमा परेको हो ।
करिब ५ वर्ष अघि ताप्लेजुङ सरोकार केन्द्रबाट छुटिएर गई ताप्लेजुङ समाज बनेको संस्था बिच जिल्लावासीहरू नै विभाजित भएपछि सबैले एकीकरण लागि दबाब दिएपनि हाल सम्म एकीकरण मूर्तरूप दिन नसकेपछि जिल्लावासीहरू असन्तुष्ट बनेको छन ।
ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज बीच एकीकरणको लागि गत चैतको पहिलो हप्ता काठमाडौँ स्थित प्रेसिडेन्सियल हाउमा संयुक्त पहिलो बैठक बसी जिल्लावासीको भावना अनुरूप दुवै संस्थानको अपनत्व हुने गरी सम्मान जनक ढंगले एकीकरण गर्ने सहमति भएको थियो । उक्त भेलाले चैत्र १२ गते भित्रमा दुवै संस्थाको अध्यक्षको संयोजकत्वमा ६,६ जना गरी संयुक्त वार्ता टोली निर्माण गर्ने निर्णय गरेको थियो ।
त्यसपछि बैशाख अन्तिममा ताप्लेजुङ समाज र सरोकार केन्द्र वार्ता टोलीको सयुक्त बैठक बसी आँउदो बैठकमा संस्थाका नेतृत्व र ढाँचा,संस्थाको कार्यसमिति,विद्यमान संस्थानको नाम सम्बोधन र पूर्व कार्य समिति सम्बोधन सम्बन्धमा निर्णय गरेको तर हाल सम्म बैठक बस्न नसकेको बुझिएको छ ।
दुई संस्था एकीकरणको लागि दुई पटक बैठक बसेको र दुवै संस्थाको सहजिकरणका लागि चित्रगुप्तका साँवा र शिवकुमार गुरुङलाई तोकिएको दुवै संस्थाका पदाधिकारी स्वीकार गर्नहुन्छ ।
बैशाख अन्तिम साता बसेको सयृुक्त बैठकले जेष्ठ ५ गते बैठक तोकिएको थियो तर के कारणले बैठक हुन सकेन थाहा भएन सरोकार केन्द्र तयार नै थियो सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले बताउनुभयो ।
ताप्लेजुङ समाजका उपाध्यक्ष रमेश बरालले ताप्लेजुङ सरोकार केन्द्रसँग एकीकरणका लागि दुई चरण बैठक भई सकेको बताउँदै सो बैठकबाट सहजिकरणका लागि दुई जनालाई तोकिएको बताउनुभयो । वार्ता तोक्ने र एजेन्डा तय गर्ने जिम्मेवारी पनि दुई जनालाई नै दिएको छ उहाँले भन्नुभयो । उहाँले जिल्लावासीहरू सबै एकीकरण पक्षमा भएका कारण समाज पनि एकीकरण पक्षमा रहेको धारणा राख्नुभयो ।
सरोकार केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङले जिल्लाको विकासका लागि एउटै संस्था हुनपर्ने बताउदै सो को लागि संस्था एकीकरणको जिम्मा दुवै संस्थाका अध्यक्षलाई दिएको तर निष्कर्षको लागि बैठक आहान नभएको बताउनुभयो ।
ताप्लेजुङ समाजको महासचिव अग्नी पौडेलले जिल्लावासीको अप्ठ्यारोलाई चिर्न तत्काल एकीकरण गरौँ भन्नेमा समाज रहेको बताउनुभयो । उहाँले ताप्लेजुङ सरोकार केन्द्रसँग २ पटक बैठक बसी सकेको जानकारी गराउँदै नामका बारेमा केही समस्या उत्पन्न भएको जानकारी दिनुभयो । उहाँले ताप्लेजुङ सरोकार केन्द्रमा ताप्लेजुङ समाज नेपालका सवै सलक्मै जान नमिल्ने र ताप्लेजुङ समाज नेपालमा पनि सलम्कै सरोकार केन्द्र आउन नमिल्ने भएका कारण नामका बारेमा केही मिलन बिन्दु खोजी गरेर अघि बढने सहमति भईरहेको जानकारी गराउनुभयो ।
उहाँले नाम ताप्लेजुङ सरोकार ताप्लेजुङ सरोकार चौतारी, ताप्लेजुङ केन्द्र अथवा अन्य नाममा एककीरण गर्न सकिने बताउनुभयो । उहाँले समाजको तर्फबाट नेतृत्वमा कुनै दाबी नरहेको स्पष्ट पादै एकीकरण जति सक्दो चाडै टुङ्ग्याउन पर्ने बताउनुभयो ।
ताप्लेजुङ सरोकार केन्द्रका महासचिव सन्तोष मादेनले ताप्लेजुङ सरोकार केन्द्रले एकताको लागि अघिल्लो कार्यसमितिमै एकताको कार्यदल बनाई एकताको लागि समाजलाई पत्रचार गरेको स्मरण गदै अहिलेको अध्यक्ष टंक श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको जानकारी दिनुभयो ।
महासचिव मादेनले ताप्लेजुङ सरोकार केन्द्र स्थापित नाम हो यो देश विदेशमा सरोकार केन्द्र कै नाममा चिनिएको ंसंस्था हो यो कारण आफनो पहिचान मेटेर एकिकरण गर्न नसकिने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ समाजमा आबद्ध भएकाहरू पनि हिजोको सरोकार केन्द्रकै सदस्यहरू रहेको बताउदै घर फिर्दा घरकै नाम परिर्वतन कसरी गर्ने उहाँले प्रश्न गर्नुभयो ।
। यस सम्बन्धमा विराटनगर महानगर पालिका पूर्वमेयर,पाथीभरा क्याम्पसका संस्थापक अध्यक्ष, तथा ताप्लेजुङ सरोकार केन्द्रका संस्थापक सल्लाहकार ध्रुवनारायण श्रेष्ठले जिल्लावासीको दुख सुखमा साथ दिने संस्था काठमाण्डौमा एउटै हुनुपर्ने बताउदै नेपालकै ठूला संस्था ताप्लेजुङ सरोकार केन्द्र भएको कारण मन मुटावलाई विर्सदै एकिरण गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ टाँउको काटने र टाउको मूल्य तोक्ने त मिली सके हाम्रो गौरव हाम्रो ताप्लेजुङ किन नमिल्न जसरी भएपनि मिल्नु पर्ने बताउनुहुन्छ ।
सहजिकरणको जिम्मेवारी पाएका शिव गुरुङले एकता गर्ने कुरामा सैद्धान्तिक रुपमा दुवै सहमत भएको बताउनुभयो । उहाँले दुईबटा संस्थाका प्राविधिक कारणले गर्दा एकता बार्ता छिटो हुन नसकको बताउदै छिटो भन्दा छिटो दुई संस्था एकता हुने उहाँले दाबी गर्नुभयो ।
त्यस्तै सरोकार केन्द्रका निवर्तमान अध्यक्ष तथा एकीकरणको लागि सहजिकरणका जिम्मेवारी पाउनु भएका चित्रगुप्त साँवाले काठमाडौं उपत्यकामा रहेका ताप्लेजुङवासीहरुको संस्था ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल एकीकरण गर्न दुबै संस्थाले वार्ता समिति बनाई छलफल सुरु गरेको बताउदै उहाँ भन्नुभयो हिजो एउटा परिस्थितिले हामी छुट्टिन पुग्यौं। दुई फरक संस्था स्थापना भए लगत्तै पनि म आफु सरोकार केन्द्रको अध्यक्ष निर्वाचित भए पछि बिनासर्त एकता प्रयास र पहल भएको थियो तर सम्भव भएन। तर आजको परिस्थितिले एकता तर्फ डोर्याएको छ। आम जिल्लावासीको पनि चाहना एकता नै छ । म आफू सरोकार केन्द्रको अध्यक्ष निर्वाचित भै रहेको अधिवेशनको जगमा म अध्यक्ष भै सके पछि अर्को संस्था निर्माण भएको कारण मैले नैतिक रुपमा विभाजनको जिम्मेवारीको अंश लिन तयार छु। र अहिलेको नेतृत्वलाई एकताको श्रेय लिने अवसर निकै महत्वपूर्ण छ उहाँले भन्नुभयो । निवर्तमान अध्यक्ष साँवाले लक्षित क्षेत्र एउटै, लक्ष्य र उद्देश्य पनि एकै बोक्ने कुनै पनि संस्था फरक रहनु हुदैन भन्ने हिजो देखि कै मेरो मान्यता हो। एकताका लागि दुबै संस्थाको मूल नेतृत्वले नै मुख्य भूमिका निर्वाह गरि पहल कदमी लिनु पर्ने अन्थया एकता नहुने दाबी गर्नुहुन्छ ।
ताप्लेजुङ सरोकार केन्द्र २०६२ सालमा स्थापना भएको संस्था हो । आन्तरिक विवाद पछि २०७६ सालमा डम्वरबहादुर तुम्बाहाम्फे अध्यक्षतामा ताप्लेजुङ समाज नेपाल स्थापना भएको थियो ।



















