तोक्पेगालमा नुपु छिरिङ
वेलकम खबर
जेष्ठ १४, २०८०

ताप्लेजुङ । तोक्पेगोला समाज सेवा समितिको तेस्रो जिल्ला अधिवेशन नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले नुपु छिरिङ ढोक्प्याको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।
त्यस्तै सो समितिको उपाध्यक्षमा निन्जूम ढोक्प्या सचिवमा चुङदाक ढोक्प्या ,सहसचिव दावा ढोक्प्या र कोषाध्यक्षमा चुङगिक ढोक्प्या निर्वाचित गरेको समितिले जनाएको छ । सो कार्य समिति १३ जनाको रहने समितिले जनाएको छ ।