फुङलिङ ८ दोखुमा एक घर जल्दा २० लाख बढी क्षति

मदन गौतम
जेष्ठ १३, २०८०

ताप्लेजुङ  । फुङलिङ नगरपालिका ८ दोखुमा पदम सुन्दर पालुङवाको तिन तलाको घर पूर्णरुपमा जलेर नष्ट हुदाँ २० लाख बढी क्षति भएको छ । । विहान ९ः१५ बजे विजुलीको लाइन सट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । करिब १ घण्टा पछि स्थानीय बासी तथा नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रण आएको थियो ।

आगलागीबाट तिन तलाको माटो ढुङगाले बनेको घर लगायत घरभित्रका कागजपत्र , अन्नपात भाडावर्तन चाँदी नगद ९० हजार सहित २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु