ताप्लेजुङमा गुडने सवारी साधनका भाडादर निर्धारण (कुन ठाँउको भाडा कति भाडादर सहित)

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले स्थानीय सडकमा सञ्चालन हुने सवारी साधनको भाडादर कायम गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शुक्रवार ताप्लेजुङ जिल्ला भरी सञ्चालन हुने विभिन्न सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको जनाएको छ । प्रचलित भाडा दर भन्दा कम कायम गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । प्रशासन कार्यालय ताप्लेजुङ सार्वजनिक गरेको भाडादरमा सवै भन्दा बढी भाडादार ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि याम्फुदिन ११० किलोमिटरको एक हजार ५०० तोकिएको छ भने फुङलिङ देखि ईलाडाँडा सम्म ५३ किलो मिटरको एक हजार ५५० तोकिएको छ ।
त्यस्तै पक्की सडकमा सञ्चालन हुने तेम्पोको पनि भाडादर कायम गरिएको छ । सवै भन्दा बढी फुङलिङबाट काबेली प्रतिब्यक्ति ४०० रिर्जबको लागि एक हजार २०० तोकिएको छ ।