जनप्रतिनिधिलाई एमाले अध्यक्ष ओलीको निर्देशन- ‘समय खेर नफाल्नुहोला’

वेलकम खबर
जेष्ठ १२, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्थानीय सरकारमा रहँदा आफ्नो जिम्मेवारीको समय खेर नफाल्न निर्देशन दिएका छन् । उनले हरेक समय आफूले आफूलाई प्रश्न गर्न र आफ्नो सबै समयको उपयोगिता र महत्वलाई बुझ्न आग्रह गरे ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘तपाईंहरू जिम्मेवारीमा हुनुहुन्छ । तपाईंहरू जवाफदेही र उत्तरदायी हुनुपर्छ । त्यसैले तपाईंहरूले समय खेर नफाल्नुहोला । आफूले आफूलाई हरेक समय सोधिरहनुहोला कि तपाईं यो बेला जहाँ हुनुहुन्छ, त्यहाँभन्दा अन्तै हुनु पो महत्वपूर्ण थियो कि
अध्यक्ष ओलीले जनप्रतिनिधिको एक वर्ष बितिसकेको भन्दै अब साढे तीन वर्ष बित्न पनि धेरै समय नलाग्ने बताए । ‘हामीसँग धेरै समय छैन । परिस्थिति फेरिएको छ । त्यसैले बेलैदेखि हामीले उपलब्धिहरू, कामहरू देखिने गरी जनताको अघिल्तिर प्रस्तुत भएर जानुपर्छ,’ उनले भने ।

उनले उद्देश्यमा स्पष्ट योजना बनाएर बजेट निर्माण र योजनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए । अध्यक्ष ओलीले जनप्रतिनिधिले नागरिकप्रति उत्तरदायी र जवाफदेही भएर प्रस्तुत हुनुपर्ने बताए ।
‘जनप्रतिनिधिले कार्यसम्पादन कसरी गर्ने, हाम्रो बोली चाली व्यवहार कस्तो हुनुपर्छ भन्ने कुराले हामीप्रति जनताले हेर्ने दृष्टिकोण बन्छ,’ ओलीले अघि भने, ‘हामीले नागरिकसँग, हामीसँग जोडिन आएका नयाँ मान्छेहरूसँग अनैतिक तरिकाले प्रस्तुत हुन मिल्दैन । त्यही बेलाको बोली र व्यवहारबाट हामीलाई नागरिकले हेर्ने दृष्टिकोण तय हुन्छ । तपाईंहरूले ख्याल गर्नुहोला ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*