ओलाङचुङका युवालाई ड्राईभिङ्ग सिकाउदै पालिका
ताप्लेजुङ । ताप्लेजुङ फक्ताङलुङ गाँउपालिकाले सडक सञ्जाल ओलाङचुङगोलामा जोडिन लागेको भन्दै स्थानीय युवालाई ड्राईभिङ्ग सिकाउन शुरु गरेको छ ।
फक्ताङलुङ ७ ओलाङचुङगोलमा सडक पहुँच पुग्न केही दुरी मात्र बाँकी रहेको र केही महिनामा सडक सञ्जाल ओलाङचुङगोलामा जोडिने भएकोले स्थानीय युवालाई सडक सञ्जाल जोडिएपछि रोजगारको अवसरहरु प्राप्त हुने भन्दै ९ जना युवालाई वडा कार्यालयले सवारी अनुमति पत्र ड्राईभिङ्ग लाईसेन्सको लागि प्रशिक्षण केन्द्र ईलाम पठाएको अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।
ओलाङचुङगोला सडक जोडिने केही मिटर मात्रै बाँकी रहेको छ भने गोलाबाट चीनको सीमा क्षेत्र टिपतालासम्म सडक जोडिएको छ ।



















