ताप्लेजुङमा स्कारपियो पल्टीदा एक बालकको मृत्य, एक घाईते

मदन गौतम
जेष्ठ ११, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपियो गाडी आज बिहान दुर्घट्ना हुँदा ५ वर्षका बालकको मृत्यु भएको छ।
स्कारपियोमा रहेका फुङ्लिङ ६ का सागर गुरुङका ५ बर्षिया छोरा अंशुमन गुरुङको घटना स्थलमै ज्यान गएको प्रहरीले बताएको छ । चालक कृष्ण गुरुङ भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायक उपरीक्षक (डिएसपी) राजन लिम्बुका अनुसार में १ च ७३५३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ४०-५० मीटर तल खसी दुर्घटना भएको हो।घाईतेको जिल्ला अस्पताल ताप्लेजुङ उपचार भई रहेको छ ।मृतक बालकको शव जिल्ला अस्पतालको शव गृहमा पोष्टमार्टको लागि राखिएको समेत प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*