केपी ओलीसँगको भेटमा चन्द्र भण्डारीले भने- नेपालमा जलन अस्पताल निर्माणको काम थालाैँ (फोटो फिचर)

वेलकम खबर
जेष्ठ १०, २०८०

काठमाडौं। कांग्रेस सांसद चन्द्र भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेपालमा जलन अस्पताल निर्माणको काम थाल्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपश्चात सभामुख देवराज घिमिरेको कार्यकक्षमा भण्डारी र ओलीबीच भेटवार्ता भएको छ । सम्बोधनपछि सभामुख घिमिरेको कार्यकक्षमा बसेका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुगेका थिए ।

सोही अवसरमा भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् ।

गत ३ पुसमा भएको आगलागीमा परेर स्वास्थ्यलाभ गरिरहेका भण्डारीले ओलीसँगको भेटमा भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ ।  गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्यांक यू सो मच । मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ ।’

जवाफमा एमाले अध्यक्ष ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*