प्रेस चौतारी ताप्लेजुङको साधारणसभा सम्पन्न

वेलकम खबर
जेष्ठ ८, २०८०

ताप्लेजुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभामा केन्द्रीय अध्यक्ष बस्नेत नेकपा एमालेका प्रदेश कमिटी सचिवायलय सदस्य तथा पूर्वमन्त्री बलबहादुर साम्सोहाङ नेकपा एमाले जिल्ला कमिटी उप सचिव तथा प्रचार विभाग प्रमुख एव्म आठराई त्रिवेणी गाँउपालिका अध्यक्ष दिपेश पोमु प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ र सन्दीप राई, कोशी प्रदेशका अध्यक्ष अविराज विष्ट, प्रेस चौतारी नेपाल पाँचथरका अध्यक्ष रविन्द्र काफ्ले, प्रेस युनियन ताप्लेजुङका अध्यक्ष सन्तोष पुकुर्टी, आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दिनेश लिङ्खिम लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रमुख अतिथि चौतारीका केन्द्रीय अध्यक्ष बस्नेतले प्रेस चौतारीका सबै सदस्यहरूलाई सत्यमा आधारित समाचार लेख्न आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभयो हाम्रो कुरा तथ्यका आधारमा सत्य स्थापित गर्ने हो । त्यसैले प्रेस चौतारीका सम्पूर्ण सदस्यहरूमा मेरो आग्रह छ, सत्यमा आधारित समाचार लेख्नुहोस । ’
उक्त साधारण सभामा प्रेस चौतारी नेपाल ताप्लेजुङको सांगठनिक प्रतिवेदन सचिव तेन्जिङ शेर्पा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगिता कार्कीले प्रस्तुत गर्नु भएको पास गरिएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङवाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*