एमाले अध्यक्ष ओली आज संसदमा बोल्ने

वेलकम खबर
जेष्ठ ७, २०८०

काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबारको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।

‘उहाँले नीति कार्यक्रममाथि बोल्न लाग्नु भएको हो,’ ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘समसामयिक विषयमा पनि उहाँले पार्टीको धारणा राख्नुहुनेछ।’
नेकपा ९एमाले०का अध्यक्ष समेत रहेका ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।

यस प्रकरणबारे सदनमा तथ्यसहित प्रस्तुत हुने उनले बताएका थिए।तर, स्वास्थ्य अनुकूल नभएपछि त्यसदिन संसदमा उपस्थित हुन नसकेको उनले बताएका थिए।‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*