ताप्लेजुङ डिभिजन बनको चार नविनतम कार्यक्रम

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङ ४ बटा नविनतम कार्यक्रम ल्याउने भएको छ । आर्थिक बर्ष २०८०।०८१का लागि डिभिजन बन कार्यालयले ५ नविनतम कार्यक्रम ल्याउने भएको हो । चालू आर्थिक बर्षका कार्यक्रमको समिक्षा तथा आगामी आर्थिक बर्षमा समट्नुपर्ने योजनाका बारेमा शुक्रवार सरोकारवालाको सुझाव ग्रहण बन कार्यालयले सामुदायिक बन क्षेत्र सिमाङकन,जडिबुटी क्षेत्र नक्साङकन,बन डडेलो नियन्त्रण तथा ब्यवस्थापन योजना तयारी र जडिबुटी संकलन तथा भण्डारन तालीम प्रस्ताब गरेको जनाएको छ ।
डिभिजन वन प्रमुख वद्रीप्रसाद शाहका अनुसार चालू आवको गोलिया काठको निकासी बापत चालू आर्थिक बर्षको बैशाख मसान्त सम्ममा ३ करोड ९० लाख बढी रकम राजश्व असुल गरेको जनाएको छ ।
गोलिया काठको निकासी वापत ३ करोड ९० लाख ७५ हजार ६ सय ३७ रुपैयाँ राजश्व संकलन भएको छ । यो अघिल्लो आव भन्दा करिव ६० लाख रुपैयाँले बढी हो । यस्तै प्रदेश कर बापत १६ लाख ३२ हजार १ सय ४८ रुपैयाँ संकलन भएको समेत डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयले निकासी भएको कूल काठको परिमाणलाई आधार मानेर स्थानीय तहले संकलन गरेको राजश्वको अनुमान लगाएको सहायक वन अधिकृत परमेश्वर यादवले बताउनुभयो । एक नगरपालिका सहित नौ स्थानीय तह रहेको यहाँका स्थानीय तहले रुख कटान बापत प्रति रुख कम्तिमा १ सय ५० र बढीमा ३ सय रुपैयाँ सम्म सिफारिस दस्तुर वापत राजश्व रकम उठाउँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका लागि आगामी आर्थिक बर्षको बजेट १ करोड ५० लाख लाख हाराहारी मात्र हुने र यो रकम कार्यालयको बार्षिक कार्यक्रम सञ्चालनका लागि अपर्याप्त हुने समेत डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत ललित यादवले बजेटको सीमा कमम भएकोले प्रस्तावित कार्यक्रम साविक भन्दा कम हुन पुगेको भन्दै दुखेसो पोख्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले डिभिजन वन कार्यालयले बनाउँदै गरेको ५ बर्षे आवधिक योजनामा स्थानीय समुदाय र प्रत्यक्ष सरोकार राख्ने निकाय तथा व्यक्तिहरुको अधिकतम् सुझाव समेटेर योजना बस्तुगत बनाउन सुझाउनुभयो ।