संसदीय समितिको नेतृत्वमा मिल्यो तीन दलबीच कुरा

वेलकम खबर
बैशाख ३१, २०८०

काठमाडौ । संसदीय समितिको कसले पाउने भन्नेबारे प्रमुख तीन दलबीच सहमति जुटेको छ। आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तीनै दलका सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।

संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले एमालेले पाउने समिति टुंगो लागेको बताए। ‘यसअघि भएकै सहमतिअनुसार एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति एमालेले पाउनेमा सहमति जुटेको छ। बाँकी समिति सत्तापक्षले बाँडेर लिनेछ,’ उनले सेतोपाटीसँग भने, ‘हामी यसमा लचिलो भयौं। यसअघि संवैधानिक परिषदमा बैठकमा पनि हामीले सत्तापक्षलाई सजिलो बनाइदिएका थियौं।’

संसद् सञ्चालनमा सत्ता पक्ष र प्रतिपक्ष आधारभूत रूपमा एक भएर जान सहमत भएको पनि जानकारी दिए।बालुवाटारमा भएको सहमतिअनुसार समितिका सभापतिहरूको टुंगो आजै लाग्ने बताइएको छ। त्यसका लागि सिंहदरबारमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।
आजको बैठकमा सुरूमा प्रधानमन्त्री प्रचण्ड, देउवा, ओली सहभागी थिए। शीर्ष नेताको छलफलपछि संसदीय दलका उपनेता र सचेतक पनि बोलाइएको थियो।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माअ‍ोवादीका सचेतक हितराज पाण्डे सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*