पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

वेलकम खबर
बैशाख २७, २०८०

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

खाँणलाई उनकै निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले डिसी नेपाललाई बताए।

खाँणलाई केही समय अगाडि मात्रै प्रक्राउ गरिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।  यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*