विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउ

वेलकम खबर
बैशाख २७, २०८०

काठमाडौँ । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल  ल्याउन पाउने व्यवस्था लागु गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन  व्यवस्था गरेको हो। हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याइरहेका छन् ।

१५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन  व्यवस्था गरेकोमा सरकारको चौतर्फी विरोध भएको थियो। सरकारको विरोध भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*