रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने, ३६ विभाग गठन (सूची सहित)

वेलकम खबर
बैशाख १८, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गर्ने निर्णय गरेको छ । रास्वपाको आज (सोमबार) बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा.मुकुल ढकालका अनुसार संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ । नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो ।

रास्वपाले गर्‍यो ३६ विभाग गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरू गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
सूची :

तपाइको प्रतिक्रिया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*