आन्दोलनबाट प्रदेशको नाम परिवर्तन हुँदैन, बरु विकास निर्माणमा लाग्नुहोस् : केपी ओली

वेलकम खबर
बैशाख १६, २०८०

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिएका छन् ।

विधि र प्रक्रियामा छिरेर प्रदेश सभाबाट गरिएको नामाकरण आन्दोलनको बलमा फिर्ता हुनै नसक्ने बताउँदै उनले आन्दोलनले समय मात्रै बर्बाद गर्ने बताएका हुन् ।

तीन दिनदेखि पाँचथरमा रहेका एमाले अध्यक्ष ओलीले आज सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जनताको मन जितेर दुईतिहाइ मतसहित संसद्मा पुगेर नाम संशोधन गरेर देखाउन सम्बन्धित पक्षलाई चुनौती दिएका छन् ।

यस्तै, उनले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने विचार व्यक्त गरेका छन् । कांग्रेस र माओवादीलगायतको वर्तमान गठबन्धन आफैं धरापमा परिसकेकाले सरकारको विरोध गर्नुको कुनै औचित्य नहुने धारणा ओलीको छ ।

कांग्रेसको कुनै आकारप्रकार र स्वरुप नभएको चर्चा गर्दै उनले माओवादीहरूले गरिरहेको आफूविरुद्धको विरोधको कुनै अर्थ नभएको बताएका छन् । पछिल्लो चार दिनयता आफूविरुद्व कालो झन्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको ओलीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*