अराजकता मच्चाएर राज्यसत्तालाई असफल बनाएर ढाडमा टेकेर टाउकोका हान्ने प्रचण्डपथ असम्भव : योगेश भट्टराई (भिडियो सहित )

सरकारले जनताको सुरक्षा गर्न नसक्ने भए एमालेले गर्ने उहाँको भनाई
वेलकम खबर
बैशाख १५, २०८०

काठमाडौं। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डपथ कोशी प्रदेशमा लागु नहुने चेतावनी दिनुभएको छ । एमाले मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

‘म कोशी प्रदेशको जिल्ला ताप्लेजुङको जनप्रतिनिधि भएको नाताले मात्रै होइन म नेपाली नागरिक र नेकपा ९एमाले०को प्रतिनिधिको हिसावले पनि हेर्दा प्रदेशको नामाकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभाको हो,’ उहाँले भन्नुभयो, ‘त्यस अनुसार नै ६ वटा प्रदेशले नाम पनि राखिएको हो । अनि राजधानी पनि तोकिएको हो । प्रदेश एकले पनि आफ्नो नाम तोक्यो । अहिले नयाँ निर्वाचन भएपछि प्रदेशसभाले त्यसको नाम तोक्यो ।’

मुख्यमन्त्री हिक्मत कार्कीले नेपालका मुख्य राजनीतिक दलसँग भेट गरेर नामका लागि समन्वय गरेको स्मरण पनि गराउनुभयो । ‘हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग छलफल र समन्वय गर्नुभयो । त्यसैका आधारमा प्रदेशसभाले त्यो निर्णय गर्यो । त्यो संवैधानिक अधिकार हो,’ उहाँले भन्नुभयो, ‘त्यो ठिक छ कि छैन भनेर विरोध गर्न पाइयो । त्यो विरोधको पनि सिमा हुन्छ । मधेस प्रदेशको नामकरणमा एमालेको असहमति थियो । प्रदेश नामाकरणपछि एमालेले कसैलाई पनि ढुंगामुढा गरेन । कसैको घरमा आगजनी गर्न गएन ।’

प्रदेशसभाको निर्णय हो भनेर एमालेले स्वीकार गरको भन्दै उहाँले सकिन्छ दुईतिहाई बहुमतसहित उल्ट्याउ सुझाव दिनुभयो । ‘सकिदैँन भने मान्नुको विकल्प छैन । कोशी प्रदेशको पनि सन्दर्भ त्यहि हो,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको असहमतिलाई हामी स्वीकार गर्छौ । तर, अहिले जुन शैली अपनाइएको छ । त्यसको भत्र्सना गर्छौ । अझ नेकपा (एमाले) अध्यक्ष लक्षित शैलीप्रति हामीलाई शंका लागेको छ । कतै सत्तारुढ दलहरु नै यसमा संलग्न छैनन् ? भन्ने पनि शंका लागेको छ । स्वयं प्रधानमन्त्रीले यो कुरामा आगोमा ध्यू थप्ने काम गरिरहनु भएको छ । प्रधानमन्त्री स्वयंले कोशी नामाकरण गर्न मुख्यमन्त्रीलाई सहमति दिनुभयो । नामाकरणपछि त्यो निर्णय गलत भयो । मेरो पार्टी फिर्ता हुन्छ । त्यो तहको गैरजिम्मेवारपनले माओवादी र उस्का मान्छे त्यहाँ संलग्न छन् । अरु मान्छे संलग्न छन् कि भन्ने आशंका छ । रिर्पोट पनि हामीलाई प्राप्त भएको छ । त्यो प्रशासन र प्रधानमन्त्रीलाई पनि थाहा छ ।’
उहाँले अराजकता अपनाएर राज्यसत्तालाई असफल बनाउने अनि ‘ढाडमा टेकेर टाउकामा हान्ने’ प्रचण्डपथ लागु गर्न खोजेको हो भने कोशी प्रदेशमा त्यो संभव नुहुने भन्दै भन्नुभयो– ‘हामी गोरखाली भाषामा प्रचण्डलाई भन्न चाहन्छौ कि कोशी प्रदेशमा यो संभव छैन । एमाले भाग्ने पार्टी होइन । भोलि प्रतिवाद गर्नुपर्यो भने त्यो भन्दा चर्को प्रतिवाद एमालेले गर्छ । त्यो ख्याल होस् ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*